नेपालका लागि बजाजको आधिकारिक वितरक हंशराज हुलासचन्द एन्ड कम्पनीले बजाज मोटरसाइकलमा साटासाट एक्सचेन्ज अफर स्कीम सुरु गरेको छ ।

कम्पनीले यहि साउन २७ आइतबारदेखि भदौ १६ गतेसम्मका लागि बजाजका मोटरसाइकलहरुमा साटा साट एक्स्चेन्ज अफर सुरु गर्न लागेको हो ।

यस अफर अन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकलको एक्स्चेन्जमा ६ हजार रुपैयाँ थप मूल्याङ्कन र एक्सचेन्ज मार्फत बजाजको जुनसुकै मोटरसाइकलको खरिदमा ६ हजार रुपैयाँसम्मको नगद छुट पाउने छन् ।

यस बाहेक कम्पनीले ग्राहकलाई नयाँ मोटरसाइकलको खरिद तथा एक्सचेन्जमा विभिन्न किसिमका एसोशरिज पनि निःशुल्क दिने बताएको छ ।

ग्राहकको सहजताको लागि कम्पनीले तीन बर्षसम्मको सहुलियत पूर्ण कर्जा सुविधा पनि उपलब्ध गराउने जनाएको छ । यो अफर नेपालभरका बजाजको सबै आधिकारिक शोरुमहरुमा लागु हुनेछ ।